Wednesday 7th January 2026

प्रधानमन्त्री अोली असार १५ गते चीन जाने


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् ।

असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् ।

सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् ।

प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति पनि चीनले नै प्रस्ताव गरेको बताइएको छ। नेपाली पक्षले बुधबार भ्रमण मितिमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ।

चीनका लागि नेपाली राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणबारेमा बुधबारै बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ खुमलटारमा भेटेर जानकारी गराएका थिए ।

ओली चीन भ्रमणका क्रममा सिचुवान पनि पुग्ने भएका छन् । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।

यसअघि ओलीले सांघाई को-अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने भन्दै त्यसको दुर्इ साता पछिका लागि भ्रमण तालिका मिलाएको हो ।

सांघार्इ को-अपरेसनको सम्मेलनको समयमा जान पाएको अवस्थामा विश्व्का नेताहरूसँग भेटवार्ता हुन सक्थ्यो । सांघाई कोअपरेशनको सम्मेलन जुन ९-१० मा चिङ्दाओमा हुँदैछ, प्रम ओली १९ जुनमा चीन भ्रमणमा जाने टुंगो लागेको हो ।

प्रधानमन्त्री ओलीले चैत अन्तिममा भारत भ्रमणमा गएका थिए । ओली भारत गएलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङ पुगेका थिए ।भारतबाट फर्केपछि ओलीले चाँडो भन्दा चाँडो चीन जान चाहेका थिए । तर पार्टी एकताको सन्देशसहित अब उनी चीन जान लागेका हुन् ।

यसअघि पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए । त्यसबेला महत्वपूर्ण पारवाहनसहितका सहमतिमा हस्ताक्षर भएको थियो ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...