Sunday 12th April 2026

वर्ल्डकपको पुर्वार्धको मैत्रीपूर्ण खेलमा मेस्सीको ह्याट्रिक


तितोपाटी – अबको १६ दिन पछि शुरु हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

आज विहान भएको खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो ।

इस्टाडियो अबलेर्टो जोस अर्मान्डो रंगशालामा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरे ।

खेलको १७औं मिनेटमा नै मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

खेलको ५८औं मिनेटमा अर्को गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ६६औं मिनेटमा कप्तान मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका थिए ।

त्यस्तै, खेलको ६९औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै अर्जेन्टिनालाई ४–० गोलको जित दिलाएका हुन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...