Friday 9th January 2026

वर्ल्डकपको पुर्वार्धको मैत्रीपूर्ण खेलमा मेस्सीको ह्याट्रिक


तितोपाटी – अबको १६ दिन पछि शुरु हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

आज विहान भएको खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो ।

इस्टाडियो अबलेर्टो जोस अर्मान्डो रंगशालामा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरे ।

खेलको १७औं मिनेटमा नै मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

खेलको ५८औं मिनेटमा अर्को गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ६६औं मिनेटमा कप्तान मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका थिए ।

त्यस्तै, खेलको ६९औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै अर्जेन्टिनालाई ४–० गोलको जित दिलाएका हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...