Sunday 6th September 2026

गर्लफ्रेण्डका धनि सञ्जय दत्त


तितोपाटी – बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा सञ्जय दत्तको भुमिका रणवीर कपुरले निभाएका छन्।

यो फिल्म सञ्जयको जन्मदेखि फिल्मी उद्योग, ड्रग एडिक्ट, अण्डरवर्ल्डसँग सम्बन्ध र जेल यात्रासम्मको कथामा केन्द्रीत छ। फिल्मले सञ्जयका कैयौ गोप्य कुराहरु बाहिर ल्याएको छ। जसमा उनी गर्लफ्रेण्डको धनी देखिएको छ। फिल्मको ट्रेलर अनुसार उनका ३ सय भन्दा बढी गर्लफ्रेण्ड थिए।

ट्रेलरको सुरुमै भनिएको छ– ‘आफ्नो जीवन कहिले अप, कहिले डाउन। ड्रग्स पनि लिए। महंगो होटलमा पनि बसे र जेलमा पनि। घँडी पनि लगाए, हतकडी पनि। ३०८ गर्लफ्रेण्ड थिए र एउटा एके–५६ राइफल।’

अभिनेत्री नरसिगका छोरा सञ्जयको जन्म १९५९ जुलाई २९ मा भएको थियो।

फिल्ममा सञ्जयकी आमा नरसिगको भुमिका मनिषा कोइराला, पत्नी मान्यता दत्तको रोलमा दिया मिर्जा, नजिकको साथी कुमार गौरवको भुमिका विक्की कौशल, परेश रावलले पिता सुनील दत्त, सोनम कपुरले पहिलो गर्लफ्रेण्ड टीना मुनीम, अनुष्का शर्माले वकिल र जिम सरभले सलमान खानको भुमिका निर्वाह गरेका छन्। सलमान सञ्जयका निकट दोस्त हुन्।

ट्रेलर सार्वजनिक भएपछि बलिउडमा विभिन्न प्रतिक्रिया आएका छन्। धेरैले उनलाई ‘असली मर्द’ भन्दै प्रशंसा गरेका छन्। उनको म आतंकवादी होइन भन्ने डाइलग धेरैले मन पराएका छन्।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म २९ जुनमा प्रदर्शन हुनेछ।


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल…

प्रतिकृयाहरू
...