Sunday 12th April 2026

दुर्घटनामा परेका छोराको इच्छा पुरा गर्न छोराकी प्रेमिकासँग बाबु बने पार्टनर


तितोपाटी – काइली साउडर्स लामो समयदेखि प्रोम पार्टीमा जाने तयारी गरिरहेकी थिइन् । उनी आफ्ना प्रेमी कार्टर ब्राउनसँग उक्त पार्टीमा जानका लागि निकै उत्साहित थिइन् । तर प्रोम पार्टी हुनु एक महिना अघि पेन्सिल्भानियाका किशोरको कार दुर्घटनामा मृत्यु भयो ।

दुर्घटनाले १८ वर्षे काइलीलाई विक्षिप्त बनायो । उनले प्रोम पार्टीमा नजाने निश्चित गरिन् । यद्यपी, कार्टरका पिता रोबर्ट ब्राउनका पिताले काइलीले हाई स्कूलको प्रोम पार्टी नछुटाओस् भन्नका लागि उनको पार्टनर बने ।

रोबर्ट आफ्ना छोरा कार्टरकी प्रेमिका काइलीसँग गत शनिबार पेन्सिल्भानियाको मर्सस्बर्गस्थित जेम्स बुचानन हाई स्कूलको कार्यक्रममा उपस्थित भए । कार्टरले काइली प्रोम पार्टीमा उपस्थित होस् भन्ने चाहना राखेकाले आफू उनको पार्टनरको बनेको रोबर्टले जानकारी दिए ।

एक वर्षदेखि प्रेम सम्बन्धमा रहेकी काइलीलाई सरप्राइज दिनका लागि गत अप्रिल १५ तारिखमा कार्टर इन्डियाना स्टेट युनिभर्सिटीबाट आफ्नो घर जाँदै थिए तर उनको कार बाटोमा नै दुर्घटनाग्रस्त भयो ।

१९ वर्षे उनको घटनास्थलमा नै मृत्यु भयो ।

काइलीले प्रेमीको मृत्युपश्चात् प्रोम पार्टीमा नजाने निश्चित गरिसकेकी थिइन् तर प्रेमीका बुवाले कलेजमा काइलीसँगै उपस्थित हुने अनुमती लिएपछि उनी यसका लागि राजी भएको बताइन्छ ।

‘मेरो छोरो निकै मायालु र प्रेमिकाको केयर गर्ने खालको थियो । कायली पनि निकै प्यारी छिन्, उनी हाम्रो परिवारकी सदस्य हुन्,’ रोबर्टले सेन्टर डेली टाइम्सलाई भने ।

रोबर्टकी श्रीमती केलीलले काइली अझै पनि आफ्नो परिवारको सदस्य भएकाले यो सम्पूर्ण क्रियाकलाप गरेको जानकारी दिएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...