Saturday 21st March 2026

पपुवा न्यूगिनीमा एक महिनाका लागि फेसबुक प्रतिवन्ध


तितोपाटी – पपुवा न्यू गिनीले एक महिनाको लागि फेसबुक प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यो वेबसाइटले देशमा पारेको प्रभावलाई ख्याल गरेर यो कदम चालेको बताएको छ ।

गिनीको सरकारका सञ्चारमन्त्री स्याम बसिलले यो अवधीमा पोर्नोग्राफी र गलत जानकारी पोष्ट गर्ने प्रयोगकर्ताहरु पहिचान गरिने बताए ।

उनले आफ्नो देशले एक अलग सामाजिक सञ्जाल बनाउने कुरा पनि बताए ।

क्याम्ब्रिज एनालिटिका काण्डपछि फेसबुकले चौतर्फी निगरानी भोगिरहेको छ । यसका साथै यसले जाली समाचारहरुलाई जुन हिसाबले सल्टायो त्यसको आलोचना हुने गरेको छ ।

लगभग १०% मानिसहरुको मात्र इन्टरनेटमा पहुँच भएता पनि पपुवा न्यू गिनी अनलाइन सेवाहरुको नियमनमा सक्रिय देखिएको छ ।

पपूवा न्यू गिनी सरकारले एक महिनाको फेसबुक प्रतिबन्धबाट यो सामाजिक सञ्जाल कसरी प्रयोग भइरहेको छ विश्लेषण गर्न चाहेको बतायो । यसका साथै सन् २०१६ मा भएको साइबर अपराध नियन्त्रण कानुनको उलघंनकर्तालाई कारबाही गर्न खोजिरहेको छ ।

“यो समयमा जाली एकाउन्टपछाडी लुक्ने प्रयोगकर्ताहरु, पोर्नोग्राफी तस्वीरहरु अपलोड गर्ने प्रयोगकर्ताहरु र झुटो सूचना पोष्ट गर्ने प्रयोगकर्ताहरुको पहिचान गर्न सुचना संकलन गरिनेछ ।”बसिलले भने ।
जाली समाचारको वृद्धी विश्वव्यापी रुपमा प्रविधि उद्योगहरुको मुख्य समस्या बन्दै गएको छ । सूचना गलत हुदाँ पनि प्रयोगकर्ताहरुलाई साबधान नगराएको भनेर उनीहरुको आलोचना हुनेगर्छ ।

“हामी पपुवा न्यू गिनी नागरिकहरुको लागि एक नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने सम्भावना बारे पनि सोचिरहेका छौं ।” बसिलले भने ।

“यदी आवश्यक प¥यो भने हामी हाम्रो स्थानीय एप्स निर्माताहरुलाई भेला गरेर देश भित्र र बाहिर रहेका न्यू जील्याण्ड नागरिकहरुलाई संञ्चार गर्ने सहज साइट निर्माण गर्नेछौं ।”उनले भने ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...