Monday 26th October 2026

श्रीदेवीकी छोरी जान्ह्वीको म्यागजिनको लागि पहिलो फोटो सुट


एजेन्सी – श्रीदेवीकी जेठी छोरी जान्ह्वी कपुरले एक फेशन म्यागजिनका लागि पहिलोपटक फोटोसुट गराएकी छिन् । म्यागजिनको जून महिनाको संस्करणका लागि उनी कभर गर्ल पनि हुन् । उक्त फोटोसुटमा जान्ह्वी फ्लोरल प्रिन्टको आउटफिटमा देखिएकी छिन् । अर्को फोटोमा भने उनले हल्का हरियो रङको ड्रेस लगाएकी छिन् । म्यागजिनका लागि जान्ह्वीको फोटो फोटोग्राफर प्रसाद नायकले खिचेका हुन् ।

यसै म्यागजिनलाई जान्ह्वीले अन्तर्वार्ता पनि दिएकी छिन् । यस क्रममा उनले आफ्नी आमा श्रीदेवीलाई सम्झिएकी छिन् । उनले आमाको मृत्युपछिको दुखबाट कहिले पनि उत्रन नसक्ने बताएकी छिन् । यद्यपी, उनले आमाको मृत्युपछि छरिएको परिवार एक भएको बताएकी छिन् । उनले भनिन्, ‘आमाको मृत्युपछि पूरा परिवारले एक अर्कालाई साथ दिए । हामी एक अर्कालाई सहयोग र समर्थन गरिरहेका छौं । ’

जान्ह्वी थप्छिन्, ‘मलाई आफ्ना आमाबुवाप्रति गर्व छ र अब मैले पनि उहाँहरुलाई मप्रति गर्व महसुस गराउन केही गर्नुपर्छ । ’

दिवंगत आमाले उनलाई अभिनयबारे सिकाएको पनि उनले बताएकी छिन् । आमालाई उद्धृत गर्दै उनी भन्छिन्, ‘तिमीले कुन रोल पाउँछौ त्यो महत्वपूर्ण होइन, ठूलो कुरा यो हो कि तिमीले उक्त रोलमा कस्तो छाप छोड्छौ ।’

जान्ह्वी कपुर फिल्म धडकबाट बलिउडमा डेब्यू गरिरहेकी छिन् । उक्त फिल्ममा उनका को–स्टार शाहिदका भाइ ईशान खट्टर हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...