Monday 26th October 2026

गोविन्दाले मन्दिरमा भैंसीको वलि दिएको विषयले हंगामा


तितोपाटी – बलिउड अभिनेता गोविन्दा मन्दिरमा भैंसी बली दिएको विषयले विवादमा तानिएका छन् । गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको चर्चा छ ।

आसामका चर्चित गायक तथा फिल्मकर्मी जुबेन गर्गले यो विषयलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका थिए । उनले गोविन्दाले भैंसी काटेको आफूले सुनेको भन्दै टि्वटरमा लेखेका थिए, ‘भगवानले कहिले पनि पशु बली माग्नु हुन्न । पशुको बली दिन होइन, बलिदान गर्न सिक्नुस गोविन्दा जी ।’

उनको यो टि्वटले ठूलै तरंग ल्याएको छ । मानिसहरु गोविन्दाको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । हिन्दूवादीहरुले भने गोविन्दाको बचाउ गरेका छन् ।

विवाद चर्किँदै गएपछि मन्दिर व्यवस्थापनले यस विषयमा प्रष्टिकरण दिएको छ । उसले गोविन्दाले भैसीं काटेको कुराको खन्डन गरेको छ ।
‘गोविन्दा यहाँ आउनुभएको थियो, र केवल १५ मिनेट बिताउनुभयो । उहाँले भैैंसी बलि दिएको कसैले देखेको छैन,’ मन्दिर व्यवस्थापन समितिका सदस्य भुपेश शर्माले भने ।

उनले मन्दिरमा दर्शन गर्न दैनिक २० हजार मानिसहरु आउने गरेको र उनीहरुमध्ये ५० जनाले मात्र पशुबली दिने गरेको उल्लेख गरे । साथै, पशुवली हिन्दूधर्मको एउटा प्रथा भएकाले यसलाई रोक्न नसकिने उनको तर्क छ ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...