Wednesday 12th November 2025

एप्पल र सामसुङ विवादमा सामसुङलार्इ ५० करोड डलर जरिवाना


तितोपाटी डट कम – सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएपछि सामसङले उक्त निर्णयविरुद्ध पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

उक्त मुद्दाको पुनरावलोकन गर्दै अमेरिकी अदालतले अहिले ५० करोड ३० लाख डलर जरिवाना मात्रै तिरे पुग्ने फैसला सुनाएको हो । सामसङलाई मुख्यत: आईफोनको तीन डिजाइन चोरी गरेको आरोप छ । तर, विश्लेषकहरूले भने सामसङ यो क्षतिपूर्तिको निर्णयको पुनरावलोकनका लागि पुन: अदालत जान सक्ने टिप्पणी गर्छन् । क्यालिफोर्नियाको अदालतले पुराना प्रमाणहरूको विश्लेषण गर्दै जरिवाना रकमको निक्र्योल गरेको हो ।सामसङले भने आफूले करिब २ करोड ८० लाख डलर मात्रै क्षतिपूर्ति तिरे पुग्ने जिकिर गर्दै आएको छ । एप्पलले भने आफ्नो आइफोन बिक्रीबाट प्राप्त नाफाको आधारमा ठूलो रकम क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएको थियो ।

सामसङलाई साढे दुई अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी एप्पलले गरेको थियो । सन् २००७ मा सार्वजनिक भएको आइफोनको होम बटनसहित विभिन्न डिजाइन सामसङले चोरी गरेको आरोप एप्पलको थियो । सन् २०११ मा एप्पलले सामसङविरुद्ध क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...