Saturday 29th August 2026

तर्साउन आउँदै सुनकेशरी


नायिका ऋचा शर्माको निर्माण तथा अभिनय रहेको हरर चलचित्र ‘सुनकेशरी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रको निर्देशन अर्पण थापाले गरेका हुन्।

चलचित्रकी निर्मात्री तथा नायिका ऋचाले हरर जनरामा बनेको चलचित्रबाट दर्शकले फरक स्वाद पाउने बताइन्। ‘नेपालमा यसअघि पनि हरर फिल्म नबनेका होइनन् तर स्तरीय थिएनन्’, ऋचा भनिन्, ‘चलचित्रको छायांकन अस्ट्रेलियामा गरिको र अहिलेसम्म एक करोड ३० लाखभन्दा बढी खर्च भइसकेको छ।’ नेपालमा आफूले खोजेको जस्तो लोकेसन नपाएका कारण अस्ट्रेलियामा छायांकन गरिएको उनको भनाइ थियो। सुनकेशरी आफ्नो अभिनयका लागि च्यालेन्जिङ काम भएको ऋचाले बताइन्।

निर्देशक अर्पण थापाले भने, ‘उच्च स्तरीय हरर फिल्म बनाउने कोसिस गरेका छौं, फिल्मले दर्शकको राम्रो साथ पाउनेछ।’ ‘फिल्म हेरेर मनोरञ्जन लिने सोचका साथ हलमा जाने हो भने दर्शकलाई मन पर्छ तर हरर फिल्म भनेको छ, हेरौं न मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने मेन्टालिटीका साथ गएमा मन नपर्न पनि सक्छ’, थापाले भने।

सुनकेशरीसँग कुनै पनि नयाँ चलचित्र नजुँधेका कारण आफूहरूलाई सहज भएको निर्माण पक्षको भनाइ छ। चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रवीन्द्र झा, सुनील पराजुली, तमन्ना शर्मालगायतका कलाकारको अभिनय छ। शर्मिला सापकोटा र धर्मराज अधिकारी फिल्मका सहनिर्माता हुन् भने कार्यकारी निर्माताका रूपमा मनोज अधिकारी छन्। फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालका धेरै प्रमुख सहर तथा बस्तीहरू विगतमा गएका विशाल पहिरोले निर्माण गरेका भू–भागमा विकसित भएको भूगर्भविद् डा. रञ्जनकुमार…

काठमाडौँ — रसुवास्थित भोटेकोशी नदीमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपालले केही देशबाट प्राप्त उद्धार तथा राहत सहयोग अस्वीकार…

हिमालको बदलिँदो अनुहारले दिएको गम्भीर संकेत दशकौँअघि टाढाबाट हेर्दा सेताम्मे देखिने नेपालको हिमाली शृङ्खलाको स्वरूप पछिल्ला वर्षहरूमा क्रमशः बदलिँदै गएको…

प्रतिकृयाहरू
...