Saturday 18th July 2026

‘दशककी नायिका’ को अवार्ड रेखाले पाउँदा उठ्यो प्रश्नचिन्ह


नेपालमा आयोजना हुने अवार्ड समारोहमा अहिले एउटा टाइटल खुबै चल्तिमा छ । त्यो हो, ‘दशकका हिरो’ र ‘दशककी हिरोइन’ । १० बर्षयता चलचित्र क्षेत्रमा राज गर्न सफल हिरो र हिरोइनलाई यो अवार्ड दिइने गरिन्छ ।

केही बर्षयता चलन चल्तीमा आएको यो विधा विवादस्पद हुन थालेको छ । कारण, दशकका नायक र नायिकाको मुल्यांकन कसरी गर्ने भन्ने कुरामा आयोजकहरु नै स्पष्ट छैनन् ।

२ बर्ष अगाडि आयोजना गरिएको एक अवार्डमा पपलुर अवार्डको रुपमा नायक अनमोल केसी र नायिका रेखा थापालाई अवार्ड दिइएको थियो । जबकी, यो कुनै तरिकाले सुहाउने कुरा थिएन ।

यस्तै, केही समय अगाडि दशककी नायिका भनेर करिश्मा मानन्धरलाई अवार्ड दिइएको दिइयो । जबकी, करिश्माको चर्चा सेलाएको धेरै भैसकेको थियो ।

गत बिहिबार राष्ट्रिय सभा गृहमा आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा विभिन्न विधामा अवार्ड बाँडियो । यही अवार्डको आयोजकले त्यसको भोलीपल्ट काठमाडौको एक पार्टी प्यालेसमा ‘दशकका उत्कृष्ट’ भन्दै विभिन्न कलाकर्मीलाई अवार्ड बाड्यो ।

नायक आर्यन सिग्देललाई ‘दशकका अभिनेता’ भनेर अवार्ड दिदै गर्दा नायिका रेखा थापालाई ‘दशककी अभिनेत्री’ को अवार्ड दिइएको थियो ।
आर्यन सिग्देललाई चलचित्र ‘लुट’ रिलिज भएपछि दयाहाङ राई, सौगात मल्लले उछिनेका थिए । यसपछि, आर्यनको क्रेज सकिदै गयो भने दया र सौगात उँभो लाग्दै गए । लुट रिलिज भएको पनि ५ बर्ष भैसक्यो । आर्यनको पछिल्लो ५ बर्षयताको अवस्था खराब छ । यसैले, उनी दशकको अभिनेता कसरी भए भन्ने बहस यतिबेला भैरहेको छ ।

नायिकाको हकमा पनि यस्तै छ । निर्माता छविराज ओझासँग अलग भएपछि रेखा थापाले आफ्नै चलचित्रमा अभिनय गरेकी त छिन् तर उनको सफलताको दर न्यून छ । रेखा थापाको स्टारडम खस्किएको केही बर्ष हुन थाल्यो । बरु यो विचमा चलचित्र क्षेत्रमा सर्वाधिक खोजिएका र चर्चित नायिकामा प्रियंका कार्की पर्छिन् ।-अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

बहराइन र कतारले शनिबार बिहान इरानबाट भएको भनिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि आफ्नो सुरक्षा अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेका छन्।…

कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहानैदेखि देशको हवाई क्षेत्रमा प्रवेश गरेका शत्रुतापूर्ण ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू पत्ता लगाई सबैलाई सफलतापूर्वक अवरोध…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा…

प्रतिकृयाहरू
...