Saturday 31st January 2026

डडेल्धुरामा जीप दुर्घटना , वडाध्यक्षसहित ४ जनाको मृत्यु


तितोपाटी डट कम – डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहितचार जनाको मृत्यु भएको हो ।

जिल्लाको गन्यापधुरा गाउँपालिका-२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल-सिलगढी नगरपालिका-४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका-२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।

११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार यादव , आर्दर्श गाँउपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा रहेका छन् ।

दुर्घटनामा परी घाइते मध्ये गम्भीर तीनजनालाई धनगढी रेफर गरिएको छ । अन्य चारजनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेका प्रहरी जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...