Tuesday 20th October 2026

भारतले “अग्नि चाैथो” को पनि परिक्षण गर्यो


तितोपाटी – भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको छ। अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ।

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन्। अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परीक्षण हो। आफ्नो उद्देश्यमा सफल हुने पुष्टि भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ।

भारतीय सेनाले क्षेप्यास्त्रको परीक्षण गरेको हो। भारतमा यसअघि अग्नी-एक, अग्नी-दुई, अग्नी-तीन र पृथ्वी परीक्षण गरिसकिएको छ।

-सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको ऐतिहासिक तथा धार्मिक महत्वको तलेजु भवानी मन्दिर मंगलबार (कात्तिक ३) सर्वसाधारण भक्तजनका…

मध्यपूर्वमा तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानमाथि आर्थिक र सैन्य दबाब कायम राखिरहेको बताएका छन्। उनले…

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

प्रतिकृयाहरू
...