Sunday 2nd August 2026

नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको प्रथम चरण सम्पन्न


तीतोपाटी-नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा  BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्मपन्न भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थीए : 

१) हिस्को कम्पनी <> नेपाल टिम”A”

२)कुवेत लायन्स <> बागलुङ समाज

३)अमाँनिया कम्पनी <> सुदुरपश्चिम समाज

४)एम.के.अार.(रोहन) <> कल्याणकारी समाज

५) अलघानिम कम्पनी <> एम.वाई.सी.

६)लाफा क्लब <> नेपाल टिम”B”

७) मिक्स मायदी <> निर्मल टिम

जस मध्ये -नेपाल टिम “A” , बागलुङ सेवा समाज,सुदुरपश्चिम सेवा समाज,कल्याणकारी नेपाली समाज,अलघानिम कम्पनी, नेपाल टिम”B”र मिक्स मायदी  क्वार्टर फाइनलमा प्रवेस गरेका छन । क्वार्टर फाइनलको टाइसिट अनुसार – नेपाल टिम “A” vs कल्याणकारी नेपाली समाज, नेपाल टिम “B” vs अलघानिम कम्पनी, सुदुरपश्चिम सेवा समाजvs मिक्स मायदी र बागलुङ सेवा समाज बाई परेको छ ।  हिजो सम्पन्न प्रथम क्वार्टर फाइनल खेलमा कल्याणकारी नेपाली समाजले सेमिफ़ाइनलको यात्रा तय गरेको छ भने बाक़ी खेल सगै फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा हुने छन । 

आयोजकले उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था,खेलप्रेमी,पत्रकार तथा अाम जनसमुदायलाई उपस्थिति भैइदिन अनुरोध गरेको छ ।

त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी : 

प्रथम पुरस्कार – १०० केडी , मेडल, ट्रफि , प्रमाण पत्र 

द्वितिय पुरस्कार – ५० केडी ,मेडल, ट्रफि , प्रमाण पत्र

मिति- ३० नोभेम्बर २०१८( शुक्रवार ) 

स्थान – झाड़ी ( महाबुल्ला ) 

समय – ८ बजे बिहान 

संयोजक – राज मल्ल ( 60067572 ) 

BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182) 

– शम्बु निरौला (90948667) 

सम्पर्क – राज मर्हजन – 65931063,55135902,

हिमाल गाहा मगर – 50017790

रुपेन्द्र पाण्डे – 50632416 

गोकुल जि सि – 97914531


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...