Saturday 20th June 2026

सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयले बोलायो


तिताेपाटी – राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

सडकमै रहेको खाल्डोमा परेर किर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले बुधबार नयाँ पत्रिकाको पहिलो पृष्ठमा इमानमै खाल्डो शीर्षकमा विस्तृत समाचार आएपछि शुक्रबारका लागि सम्बन्धीत कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरपालिकालाई छलफलमा बोलाएको कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...