Friday 6th March 2026

नेकपाको कार्यालयमा चोरीको बिजुली


तिताेपाटी – राजविराजस्थित सतारुढ नेकपाको पार्टी कार्यालयमा चोरीको बिजुली बल्ने गरेको पाइएको छ  । राजविराज–७ मदननगरस्थित साबिकको एमाले पार्टी कार्यालय (हाल नेकपाको कार्यालय) मा लामो समयदेखि हुकिङ गरी बिजुली बालिने गरिएको हो ।

अाजको कान्तिपुरमा खबर छ-साबिकमा एमाले पार्टी कार्यालय रहेको उक्त भवन अब नेकपाको कार्यालयका रूपमा प्रयोग गर्ने सहमति भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय प्रशासनसितको समन्वयमा जिल्लाका ग्रामीण क्षेत्रमा हुकिङ गरी बिजुली चोरी गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने गरे पनि सतारुढ दलकै जिल्ला पार्टी कार्यालयमा लामो समयदेखि हुकिङ गरी बिजुली चोरी गर्ने गरिए पनि न प्राधिकरणको न त स्थानीय प्रशासनकै ध्यान पुग्न सकेको छ ।

उक्त पार्टी कार्यालय सुरक्षार्थ ६ जना प्रहरी समेत २४ सै घण्टा रहने गरेको छ । पार्टी कार्यालय सुरक्षार्थ रहेका एक प्रहरीले भने, ‘हामीले बोल्यो कि जागिर धराप हुन्छ, पार्टी कार्यालयमा लामो समयदेखि हुकिङ गरी चोरीको बिजुली बाल्ने गरिएको छ, हामी चोरीको साक्षी बनेर बस्नु परेको छ ।’ पार्टी कार्यालयमा आउने जिम्मेवार नेतालाई हुकिङ गरी बिजुली बालिने गरिएको विषयमा जानकारी गराउँदा चासो नदिने गरेको ती प्रहरीले बताए ।

विभिन्न समयमा उक्त पार्टी कार्यालयमा हुने गरेको कार्यक्रममा पार्टीका उच्च तहका नेताहरूदेखि प्रशासकहरू समेत पुगने गरे पनि पार्टी कार्यालयमा हुकिङ गरी बिजुली प्रयोग भइरहेको विषयमा भने कसैको ध्यान जान सकेको छैन ।

नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद अशोककुमार मण्डल अमरले उक्त पार्टी कार्यालय साविकमा एमालेको रहेको र अब नेकपाको पार्टी कार्यालयका रूपमा प्रयोग गरिने सहमति भए पनि अहिलसम्म उक्त भवनको अवस्थाबारे साबिकके एमालेकै नेताहरू जिम्मेवार हुने बताए ।

तात्कालीन नेकपा एमाले सप्तरीका अध्यक्ष समेत रहेका प्रदेशसभा सांसद गोबिन्द न्योपानेले पार्टी कार्यालयमा चोरीको बिजुली कसले र किन वाल्यो त्यसबारे आफू जानकार नरहेको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हुकिङ गरी विद्युत् प्रयोग गरिएको विषयबारे तत्कालै आफूले बुझ्ने बताए । ‘प्रहरी सुरक्षा रहेको स्थानमा हुकिङ गरी बिजुली बाल्नु गम्भीर कुरो हो,’ प्रजिअ पौडेलले भने, ‘तत्काल बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौं  ।’


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...