Monday 12th May 2025

क्रोएसियाका लुका मोड्रिच बने फिफा वर्ष खेलाडी


तितोपाटी – क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ ।

लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त उपाधि उचाल्न सफल भएका हुन् ।

मोड्रिचको कप्तानीमा क्रोएसियाले रसियामा यही वर्ष सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । मोड्रिचले रसिया विश्वकपका सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पनि जितेका थिए ।

फाइनलमा फ्रान्ससँग पराजित भए पनि क्रोएसियाले विश्व फुटबलका शक्तिशाली टिमहरुलाई हराउँदै लोभ लाग्दो यात्रा तय गरेको थियो । यो लोभलाग्दो यात्राका क्रममा एउटा नायक थिए मोड्रिच ।

स्पेनिस क्लब रियल मड्रिडबाट व्यसायिक फुटबल खेल्दै आएका मोड्रिच मिडफिल्डबाट स्ट्र«ाइकरलाई बल पास गर्ने मेशिन नै मानिन्छन् । अर्कातिर उनी आफैँ पनि जुनसुकै बेला विपक्षी पोस्ट्मा धावा बोल्न माहिर फुटबलर हुन् ।

मोड्रिचको प्रेरणामा स्पेनिस क्लब रियल मड्रिडले यो वर्षसहित लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । सन् २०१७÷१८ सिजनको च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा रियलले लिभरपुललाई पराजित गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...