Friday 9th October 2026

क्रोएसियाका लुका मोड्रिच बने फिफा वर्ष खेलाडी


तितोपाटी – क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ ।

लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त उपाधि उचाल्न सफल भएका हुन् ।

मोड्रिचको कप्तानीमा क्रोएसियाले रसियामा यही वर्ष सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । मोड्रिचले रसिया विश्वकपका सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पनि जितेका थिए ।

फाइनलमा फ्रान्ससँग पराजित भए पनि क्रोएसियाले विश्व फुटबलका शक्तिशाली टिमहरुलाई हराउँदै लोभ लाग्दो यात्रा तय गरेको थियो । यो लोभलाग्दो यात्राका क्रममा एउटा नायक थिए मोड्रिच ।

स्पेनिस क्लब रियल मड्रिडबाट व्यसायिक फुटबल खेल्दै आएका मोड्रिच मिडफिल्डबाट स्ट्र«ाइकरलाई बल पास गर्ने मेशिन नै मानिन्छन् । अर्कातिर उनी आफैँ पनि जुनसुकै बेला विपक्षी पोस्ट्मा धावा बोल्न माहिर फुटबलर हुन् ।

मोड्रिचको प्रेरणामा स्पेनिस क्लब रियल मड्रिडले यो वर्षसहित लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । सन् २०१७÷१८ सिजनको च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा रियलले लिभरपुललाई पराजित गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...