Tuesday 11th August 2026

सुनसरीमा विद्यालय संचालकको गोली हानी हत्या


तितोपाटी – भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका संचालकको गाेली प्रहार गरी हत्या गरिएकाे छ । बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुईजनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुलका संचालक मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।

विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेका थिए। उनलाई गोलीप्रहार गरेकाे स्थानस्कुलबाट एक सय मिटर टाढा पर्छ। बाटोमा हिँडिरहेका बेला खुर्सिदलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

खुर्सिदलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका बेला घुस्कीमा पुगेपछि प्रहरीले बाटो छेकेका थिए। बाटो छेकिरहेका मध्ये प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली हानेर उनीहरु फरार भएकाछन्। घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएकाहुन। गोली प्रहारको कारण बारे केही खुलेको छैन।

मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारकालागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। खुला सिमानाबाट प्रवेश गरेका भारतीय नागरिकहरुले दिनदाहाडै गोली प्रहार गरेर आतंक मचाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।

हत्यारा समात्न जिल्ला प्रशासनले सिमाना सिल गर्ने बताए पनि उनीहरु भारततिर भागिसकेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान, टर्की र साउदी अरबबीच भएको त्रिपक्षीय सुरक्षा सम्झौता इरानविरुद्ध लक्षित नभएको बताएका छन्।…

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

प्रतिकृयाहरू
...