Monday 26th May 2025

तिमी किन मर्दैनौ ? श्रीमान को प्रश्नले आत्मा हत्या गर्न बाध्य


मुरादाबाद, उत्तर प्रदेशको मुरादाबादमा एक २३ वर्षीया नवविवाहित महिलाले आत्महत्या गरेकी छिन् र उनले आफ्ना पति र सासु(ससुराबाट दुर्व्यवहारको आरोप लगाउँदै भिडियो छोडेकी छिन्। जसले गर्दा यो घट्ना सर्वत्र चासो र चर्चामा मात्र आएको छैन की घरघरमा हुने घरेलु हिंसा को चित्र उदांगो पारेको छ ।

प्रहरीका अनुसार समरीन नाम गरेकी ती महिलाले आफ्नो मृत्यु हुनुभन्दा केही समय अघि आफ्नो फोनमा भिडियो रेकर्ड गरेकी थिइन्।

फुटेजमा उनले आफ्ना पति जुनैद र सासुससुराले आफूलाई मानसिक रूपमा प्रताडित गरेको र यस्तो कदम चाल्न बाध्य पारेको आरोप लगाएकी छिन्।

यो घटना यस हप्ताको सुरुमा भएको थियो।

समरीनले आफ्नो बुबालाई फोन गरेर आफुलाई सासु(ससुराले कुटपिट गरिरहेको जानकारी गराएकी थिइन्। जब उनी घर पुगे, तब समरीन मृत अवस्थामा भेटिइन्।

भिडियोमा, समरीन स्पष्ट रूपमा दुःखी देखिन्छिन् र गर्भपतन पछि संघर्ष गरिरहेको बताउँछिन्। उनले आरोप लगाइन् कि उनका सासु(ससुराले उनको खाने बानी लगायतका सामान्य कुराहरूमा समेत नियमित रूपमा दुर्व्यवहार गर्ने गर्थे र उनीहरूले उनको कोठाको बिजुली काट्ने गरेको बताएकी छन ।

मेरो श्रीमानले मलाई ह् किन गर्ने भनेर सोधे।

मेरो मृत्युको लागि मेरा सासु ससुरा जिम्मेवार छन्। मेरो श्रीमान पनि आंशिक रूपमा जिम्मेवार छन्। उनी मलाई बुझ्दैनन्। उनी सबै कुरा मेरै गल्ती हो भन्ने सोच्छन्। उनका बुबा र बहिनीले उनको कानमा फुसफुसाइरहन्छन्। म अब सहन सक्दिन, उनले भिडियोमा भनिन्।

उनले परिवारका सदस्यहरूले बारम्बार जीवन समाप्त गर्न भनेको आरोप पनि लगाएकी छिन्। मेरो श्रीमानले मलाई सोध्छन्, तिमी किन मर्दैनौ ? मेरी भाउजु र ससुराले पनि त्यही भन्छन्, उनले भनिन्।

घटनाको समयमा उनका श्रीमान बेंगलुरुमा रहेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

सोल्टी ग्रुपको आयोजनामा कुवेतमा भव्य सोल्टी म्युजिकल इभेन्ट हुने भएको छ। हालका चर्चित गायक दुर्गेश थापा र लोकप्रिय गायिका अस्मिता…

नेपाल परोपकार समाज कुवेतले आगामी अगष्ट ८ तारिख २०२५ मा आफ्नो चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आयोजना गर्ने भएको…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले “कठपुतली” पीएमएल-एन सरकारसँग वार्ता गर्नु व्यर्थ भएको बताएका छन् र आफू सैन्य प्रतिष्ठानसँग वार्ता गर्न…

प्रतिकृयाहरू
...