Sunday 21st December 2025

विश्वकप क्रिकेटको छनौट खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबेलाई २९१ रनको लक्ष्य दियो


विश्व कप छनौटका लागि जिम्बाबे मा भईरहेको क्रिकेटको पहिलो दिन आयोजक राष्ट्र जिम्बाबे र नेपाल विच खेल भईरहेको छ । खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबे लाई २९१रनको लक्ष्य दिएको छ ।

नेपालका ओपनिंग व्याटसमेन ले राम्रो साझेदारी निभाए पछि नेपालले उक्त लक्ष्य दिन सफल भएको हो । नेपालका ओपनिंग व्याटस मेन कुशल भूर्तेल ले एक रन कम ल्याउदा उनको व्याक्तिगत रेकर्डको लागि सतक बनाउन बाट चुके । उनले ९५ नब्बे बल खेलेर ९९ सय रन जोडे । यसरी नै उनलाई साथ दिन आएका अर्का ओपनिंग व्याटस मेन आशिफ शेईख ले एक सय बल खेलेर ६६ रन जोडे पछि आउट भए । दुई व्याटसमेन को साझेदारी निक्कै राम्रो रहयो । उनीहरुको साझेदारी तोडन जिम्बाबे का खेलाडी ले ३१ दशमलब ५ ओभर सम्म कुर्न परर्यो ।

त्यसपछि पिचमा कुशल मल्ल र क्याप्टेन रोहीत पौडेल आए । रोहित ले २८ बल खेल्दा ३१ रनमा आउट भए भने कुशल मल्ल ले ४२ बलमा ४१ रन जोडे । मध्य क्रमका व्याटस मेन आशिक शेईख पाचौ नम्बरमा मैदानमा उत्रदा उनले ११ बल खेल्दै १० रन जोडेर आउट हुन पुगे । छैटौ नम्बरमा खेलेका गुल्सन झा ले १३ बल खेलेर १३ रन नै जोडे । सातौ नम्बरमा खेल्दै दिनेश सिह ऐरी ले ७ बल खेलेर ६ रन जोडदै आउट भए, भिम सार्की शुन्य रनमा आउट हुन पुगे । उनले मात्र एक बल खेल्दा मैदान छाड्न परर्यो । त्यस पछि मैदानमा करण केसी आए, जति बेला ९ बल मात्र नेपाल ले खेल्न बाकी थियो । उनले २ बल मा २ रन जोडेर नट आउट भए । सोमपाल ले २ बल खेले तर रन जोडन सकेनन जतिबेला नेपालको ५० ओभर पुरा भयो ।

नेपालले जिम्बाबे बाट अतिरिक्त २२ रन पायो । टस जितेर जिम्बाबेले नेपाललाई व्याटिंग गर्न दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...