Sunday 23rd August 2026

आईसीसी विश्वकप लिग–टू क्रिकेटमा नेपालले यूएईलाई ४२ रनले हरायो


सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो ।

तर, यूएईले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउन सकेन । यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १–१ विकेट लिए ।

यूएईलाई पराजित गर्दै नेपाल लिग–२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ भने विश्वकप छनोटमा पुग्ने सम्भावना कायमै राखेको छ । अब सिरिजाका चार खेलमध्ये दुई खेल जितेमा नेपाल एकदिवसीय मान्यता जोगाउदै विश्वकप छनोटमा पुग्नेछ।


सम्बन्धित शीर्षकहरु

हिन्दू, इस्लाम, यहूदी, बौद्ध र ख्रीष्टियन परम्पराले “ब्रह्माण्ड कसरी आयो?” भन्ने प्रश्नको एउटै उत्तर दिँदैनन्। कतै सृष्टिकर्ता परमेश्वर केन्द्रमा हुनुहुन्छ,…

गाजामा युद्धले खेलमैदान, विद्यालय र पौडी पोखरीसमेत ध्वस्त बनाइरहेका बेला Tantish Swimming Academy ले बालबालिकालाई समुद्रमै पौडी सिकाउने अभियान सुरु…

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

प्रतिकृयाहरू
...