Sunday 13th July 2025

आईसीसी विश्वकप लिग–टू क्रिकेटमा नेपालले यूएईलाई ४२ रनले हरायो


सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो ।

तर, यूएईले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउन सकेन । यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १–१ विकेट लिए ।

यूएईलाई पराजित गर्दै नेपाल लिग–२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ भने विश्वकप छनोटमा पुग्ने सम्भावना कायमै राखेको छ । अब सिरिजाका चार खेलमध्ये दुई खेल जितेमा नेपाल एकदिवसीय मान्यता जोगाउदै विश्वकप छनोटमा पुग्नेछ।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...