Thursday 6th August 2026

स्कुटर दुर्घटनामा परी मकवानपुरमा तीनजनाको मृत्यु


मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको बताए ।

कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी-८ सिम्पानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ-३ लावती बस्ने अन्दाजी ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । तीनैजनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

-नेपालप्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...