Friday 26th December 2025

स्कुटर दुर्घटनामा परी मकवानपुरमा तीनजनाको मृत्यु


मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको बताए ।

कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी-८ सिम्पानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ-३ लावती बस्ने अन्दाजी ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । तीनैजनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

-नेपालप्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...