Thursday 20th August 2026

केन्द्रीय गृहमन्त्री अमित शाहको मणिपुर भ्रमण


डा. हरिमोहन पोखरेल, कोहिमा/केंद्रीय गृह मंत्री श्री अमित शाहले गत दिन मणिपुर राज्यको भ्रमण गर्दे विभिन्न परियोजनाहरुको उद्घाटन गरेका छन् ।

मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार श्री शाहले यस अवसरमा मौरंग स्थित आजाद हिन्द फौजको स्मारकमा शहीदहरुलाई श्रद्धांजली दिए । यसै अवसरमा चूराचांदपूर जिल्लामा सीसीपुर मेडिकल कालेजको उद्घाटन लगायत चांगनगंगाई हैगांगमा पोलो ग्राउंडको समेत उद्घाटन गरे।

आईएनए भवन मोइरंगबाट संबोधन गर्दे श्री अमित शाहले भने कि मणिपुरमा हामीले छ साल अगाड़ी दियेको वचन पुरा गरेको छ। उनले अगाड़ी थपे की राज्यलाई अलगाववाद मुक्त र शान्ति स्थापना गर्दे विकासमुखी बनाऊने हाम्रो लक्ष्य हो।
उनले भने कि राज्यमा धेरै मात्रामा घुसखोरी भयेकोले यसबाट मुक्त गर्ने प्रयास जारी छ। उनले अगाड़ी थपे की राज्यलाई रोजगारमुखी बनावने काम भई रहेको छ।

यस अवसरमा विभिन्न विकासमूलक योजनाहरु पनि सुरु गरिएको कुरा छ।

कोहिमा नागालैण्ड भारत ।


सम्बन्धित शीर्षकहरु

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने…

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

प्रतिकृयाहरू
...