Tuesday 22nd July 2025

मणिपुरमा राज्यस्तरीय सुन्तला महोत्सव संपन्न


डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यको तमेङलोङ जिल्ला मुख्यालयको एपोलो ग्राउंडमा राज्यस्तरीय सुन्तोला महोत्सव सम्पन्न भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेन सिंहको प्रमुख आतिथ्यमा बोल्दै उनले भने कि यहाँको सुन्तलाको स्वाद अलग्गै छ जसको विकासको र निर्यातको लागि सरकार प्रयासरत छ ।
उनले अगाडि भने कि दुर्गम क्षेत्र भए पनि यहाँका सुन्तला खेतीवालाहरूलाई सरकारले सक्दो सहयोग दिने उद्देश्य राखेको छ ।

यसै अवसरमा विभिन्न रंगारंग कार्यक्रम पनि आयोजना गरिएको थियो भने सरकारको तर्फबाट विभिन्न मन्त्रीहरू पनि उपस्थित थिए ।
यसै अवसरमा मुख्यमंत्रीले प्रथम द्वितीय र तृतीय स्थान पाउने सुन्तला खेतीवालाहरूलाई सम्मान पनि गरे ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

प्रतिकृयाहरू
...