Wednesday 29th April 2026

मणिपुरमा राज्यस्तरीय सुन्तला महोत्सव संपन्न


डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यको तमेङलोङ जिल्ला मुख्यालयको एपोलो ग्राउंडमा राज्यस्तरीय सुन्तोला महोत्सव सम्पन्न भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेन सिंहको प्रमुख आतिथ्यमा बोल्दै उनले भने कि यहाँको सुन्तलाको स्वाद अलग्गै छ जसको विकासको र निर्यातको लागि सरकार प्रयासरत छ ।
उनले अगाडि भने कि दुर्गम क्षेत्र भए पनि यहाँका सुन्तला खेतीवालाहरूलाई सरकारले सक्दो सहयोग दिने उद्देश्य राखेको छ ।

यसै अवसरमा विभिन्न रंगारंग कार्यक्रम पनि आयोजना गरिएको थियो भने सरकारको तर्फबाट विभिन्न मन्त्रीहरू पनि उपस्थित थिए ।
यसै अवसरमा मुख्यमंत्रीले प्रथम द्वितीय र तृतीय स्थान पाउने सुन्तला खेतीवालाहरूलाई सम्मान पनि गरे ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...