Wednesday 21st January 2026

मणिपुरमा रंगारंग कार्यक्रमका साथ शङाई फेस्टिवल शुरू भयो


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यमा रंगारंग कार्यक्रमकार्यक्रमका साथ शङाई फेस्टिवल शुरू भएको छ ।

डोनर तथा पर्यटन मंत्री जी किशन रेड्डीको प्रमुख आतिथ्यतामा आरंभ भएको सो महोत्सवमा राज्यका बतीस जनजातिहरूले आफ्नो वेशभूषा कला र संस्कृतिको धरोहरलाई पेश गरे ।
मुख्य अतिथिको रूपमा बोल्दै जी किशन रेडडीले भने कि मणिपुर आफैंमा पनि कला खेल र सांस्कृतिक क्षेत्रमा संपन्न राज्य हो ।यसले संसारलाई आफ्नो कला र संस्कृतिले चिनाएको छ ।
उनले अगाडि भने कि हामीले विकासको लागि विविध प्रकारले ध्यान दिनु आवश्यक छ ।सरकारको प्रयास भने सबैलाई जोड्ने र विकास गर्ने रहेको हुन्छ ।

उनले अगाडि थपे कि पूर्वोत्तरको विकास हुनु नै हाम्रो पनि विकास हो ।
मुख्यमन्त्री एन बिरेनले भने कि युवाहरूले विकासको मार्गमा ध्यान दिनु आवश्यक देखिन्छ ।यस प्रकारको कार्यक्रमले राष्ट्रिय एकतामा बल पुग्छ ।
यसै अवसरमा राज्यका विभिन्न जाति र जनजातिका गण्यमान्य व्यक्तित्वहरू उपस्थित थिए ।

आगामी तीस तारीख सम्म चल्ने सो महोत्सवमा विभिन्न प्रकारका आयोजना हुनेछन ।
स्मरण रहोस् मणिपुरमा प्रत्येक वर्ष शङाई फेस्टिवल मनाउने गरिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...