Sunday 11th October 2026

मणिपुरमा फेरि पञ्चायत चुनाव ओझेलमा


डा. हरिमोहन पोखरेल, कोहिमा/लगभग छ महिना अगाडि नै राज्यको पंचायती राज विभागले चाडै नै राज्यका केही ठाउँमा पुनः पञ्चायतको चुनाव गराउने सूचना दिएको थियो भने आज सम्म सरकारको तर्फबाट पनि कुनै ठोस कदम उठाए जस्तो लाग्दैन ।

यसै सिलसिलामा राज्यका विभिन्न ठाउँहरूबाट पाएको रिपोर्ट अनुसार लगभग सबैको चाहना भने सरकारले पञ्चायतको चुनाव गरोस र उचित अधिकार दिएको बेस छ भन्ने कुरा प्रकाशमा आएको छ ।

यसको लागि सरकारले समयमा पहल गरे मात्र साकार गराउन सकिने कुरा पनि छ । राज्यका पहाडी र मैदानी इलाकामा भने पञ्चायती राजले निकै ठूलो काम गर्दै आएको कुरा पनि नौलो होइन ।

आज राज्यमा भाजपाको सरकारले निकै विकास गरेको र राज्यलाई नया ट्रयाक संग जोडेको कुरा सुन्नमा आउछ ।फेरि पनि आज सरकारले पंचायतको चुनाव गराउछ कि गराउँदैन भन्ने कुरा ओझेलमै रहेको जस्तो देखिन्छ ।

अर्कातिर भने डिस्ट्रिक्ट काउन्सिलको चुनाव पनि गरिनु परेकोले गर्दा अन्योलमा परेको पनि हुन सक्छ ।त्यसैले गर्दा पनि आउने भविष्यमा पंचायतको चुनावलाई लिएर एउटा प्रश्नचिन्ह बनेर रहेको छ ।हेरै जाऔं आउने दिनहरूमा सरकारले के कस्तो कदम उठाउन सफल हुन्छ ।त्यो त आउने भविष्य नै बताउला ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...