डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यलाई बन्द र बोलोकेटबाट मुक्त गराउनको साथै अलगाव मुक्त बनाउन असम राइफल द्वारा निरंतर रूपमा सहयोगको सराहना गरेका छन।
असम राइफल्स द्वारा आयोजित एउटा संगोष्ठीमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि बन्द र बोलोकेटबाट मुक्त बनाउन सरकारले निरंतर प्रयास गरेको छ ।
आउने दिनहरूमा फेरि देखि यो समस्या देखा पर्न नदिनको लागि हामीले सक्दो पहलकदमी लिई नै रहेका छौ ।
उनले अगाडि भने कि बन्दको प्रकोपले हामीमाथि झन धेरै समस्या नबढेको होइन फेरि पनि यसलाई निर्मूल पार्न उपायहरू र कदमहरू नउठाएको होइन ।
असम राइफलको सराहना गर्दै उनले भने कि राज्यबाट अलगाववादअलगाववादलाई निर्मूल पार्नको लागि असम राइफलले जुन भूमिका निर्वाह गरेको छ ।जसको सराहना नगरी सकिन्न ।
उनले अगाडि थपे कि मणिपुरको कंबाइंड फोर्स संग मिलेर कतिपय ओपरेशन सफल पार्नु पनि उनीहरूको कामयाबी हो ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्मरण रहोस् मणिपुरमा असम राइफल द्वारा विभिन्न सामाजिक सेवाका कार्यहरू गरि रहन्छन ।जो एउटा अलग्गै इतिहास हो ।
—
कोहिमा नागालैंड भारत ।।