Thursday 22nd January 2026

मणिपुरमा सोह्रौ क्षेत्रीय सारस मेला शुभारम्भ


हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा हिजो साँझ एकसय सोह्रौ क्षेत्रीय सारस मेला शुरू भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको विभिन्न स्थानका विभिन्न इतिहास बोकेका सामग्रीहरूलाई आज एउटा इतिहास बनाएको छ ।
उनले अगाडि भने कि प्रत्येक वर्ष यस प्रकारको कार्यक्रमले गर्दा मानिसलाई आयको स्रोत तर्फ आकर्षित गराउनु पनि हो ।
उनले अगाडि थपे कि हालको भाजपाको सरकारले लोकल फोर भोकमा जोड देखेकोले पनि हामीले सक्दो आफ्नै बलबूताबाट चीजहरू निर्माण र बेचबिखन तर्फ ध्यान दिनुपर्ने हुन्छ ।
यसै अवसरमा मुख्यमन्त्रीले मेलामा लगाइएको स्टलहरूको पनि निरीक्षण गरे ।
इबोयाइमा सङलेनमा आयोजित मेलामा राज्यका विभिन्न तप्काका मानिसहरूको उपस्थिति थियो ।
स्मरण रहोस प्रत्येक वर्ष मणिपुरमा सारस मेला लगाइन्छ ।जो एउटा इतिहास हो ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...