Sunday 6th September 2026

बाँदरले उडायो दुई लाखसहितको झोला


भारतको उत्तर प्रदेशबाट एउटा रोचक समाचार आएको छ । आगरामा बाँदरले एक व्यक्तिबाट २ लाख रुपैयासहितको झोला उडायो । यो समाचार अहिले सामाजिक सञ्जालमा तीब्रगतिमा भाइरल भइरहेको छ। झोला लानुअघि बाँदरले ती व्यक्तिमाथि पटक पटक आक्रमण पनि गर्‍यो । 

यी व्यक्तिको नाम थियो विजय बंसल । यो घटनापछि उनले पुलिसलाई बोलाए । तर पुलिसले पनि बाँदरलाई सजिलै समाउनै सकेन । घटना त्यसबेला भएको थियो जुन बेला विजय बैंकबाट पैसा निकालेर बाहिर आउँदैथिए ।

हिन्दुस्तान टाइम्सको समाचार अनुसार बुधबार करिब साढे १० बजे बिहान इन्डियन ओभरसिज बैंकमा विजय बंसल पुगेका थिए । त्यहीबेला बाँदरको समूहले उनीमाथि आक्रमण गरेर पैसासहितको झोला खोसेर लगे ।

भारतीय समाचार एजेन्सी एनआईलाई बंसलले भने,  ‘बाँदरको झुन्डले २ लाखसहितको मेरो झोला खोसेर लगे । तर मैले  अन्तिममा ६० हजार मात्रै फेला पार्न सकेँ, अरु पैसा कहाँ गयो भेट्टाउन सकिन । मेरो मेहनतको पैसा हरायो, पुलिसले केही मानिसलाई सोधपुछ गर्यो तर केही पनि पत्ता लागेन ।’

आगरामा बाँदरको आतंक बढ्दै गएको छ। केही दिनअघि आगराको ताज महलमा बाँदरले विदेशी पर्यटकमाथि हमला गरेका थिए । त्यसबेला विदेशी पर्यटक गम्भीर घाइते भएका थिए ।

बाँदरले चिथोर्दा र टोक्दा रेबिज हुने डर हुन्छ। कुकुर बिराला र चमेरा आदिले टोक्दा पनि रेबिज हुन सक्छ । भारतमा लगभग २० हजार मानिस रेबिजका कारण मर्ने गरेका छन् । एजेन्सी


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...