Thursday 18th June 2026

यस्तो छ ३० वर्षीया युवतीको काठमाडौंको विकास गर्न ८ खम्बे मोडेल


आसन्न स्थानीय तहको निर्वाचनमा सबैको नजर यतिबेला काठमाडौं महानगरपालिकामा छ। काठमाडौं महानगरमा प्रमुख राजनीतिक दलहरुले उम्मेदवार चयन गर्न नसकिरहेका बेला धेरै जनाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिसकेका छन्। काठमाडौं-२१ की सुनिता डंगोलले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। ३० वर्षीया सुनिताले ‘सोसियल वर्कमा’ स्नातकोत्तर गरेकी छन्। आवाजविहीनहरुको आवाजलाई ‘पोलिसी लेभलमा’ पुर्‍याउन उनले काठमाडौंमा उम्मेदवारी दिएकी हुन्।

सुनिताले काठमाडौंको विकास गर्न ८ खम्बे मोडलसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। उनको ८ खम्बे विकास मोडेलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सँस्कृति नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभ्लपमेन्ट समेटिएका छन्।

उनले ८ खम्बे विकास मोडलको कार्यान्वयका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुसमेत अघि सारेका छन्। अल्पकालीन योजनाअन्तर्गत काठमाडौंका मुख्य सडक र चोक गल्लीहरुको सफाइ, स्मार्ट सार्वजनिक सौचालयको निर्माण, सडक-पेटीमा अति आवश्यक पूर्वाधारहरु जडान गर्ने, सजिलै सूचना प्राप्त गर्न अत्याधुनिक सूचना केन्द्र स्थापना गर्ने, पोखरी र ढुंगेधारा, इनारहरुलाई पुनर्जीवन गरी संरक्षण र सम्वर्द्धन गर्ने नीति अवलम्बन गरेकी छन्।

स्थानीय नेपाल भाषाको पठनपाठन, जेष्ठ नागरिकलाई वार्षिक ३० हजार रुपैँया भत्ता र इनोभेसन हबहरु स्थापना गर्ने उनले नीति लिएकी छन्।
त्यस्तै ट्राफिक अनुशासन पालन गर्ने, सार्वजनिक जग्गा, सत्तल पाटी, पौवा, मठ मन्दिर र सम्पदाहरुको संरक्षण गर्ने, जात्रा, पर्व तथा अन्य साँस्कृतिक क्रियाकलापको संरक्षण तथा प्रवर्द्धन गर्ने, शिक्षाको गुणस्तर, स्थानीय नेपाल भाषाको पठनपाठन, जेष्ठ नागरिकलाई वार्षिक ३० हजार रुपैँया भत्ता र इनोभेसन हबहरु स्थापना गर्ने उनले नीति लिएकी छन्।

उनले अन्यायमा परेका महिलाहरुको संरक्षणका लागि ‘ओमन सेल’ बनाएर महिलाहरुलाई आत्मरक्षाको तालिमलगायतको व्यवस्था गर्नेसमेत प्रतिवद्धता पत्रमा उल्लेख गरेकी छन्।

त्यस्तै मध्यकालीन योजनामा डिजिटल काठमाडौंको अवधारणा, महानगरीय ब्रोडब्यान्ड नेटवर्क स्थापना र महानगर स्मार्ट कार्डको नीति उनले लिएकी छन्। स्मार्ट प्रविधिमार्फत् इ-गर्भनेन्स प्रणाली लागू गर्ने, महानगरबासीले करसमेत तिर्न सकिने केएमसी एप बनाउने, धुँवा धुलोमुक्त हरियाली सहरको रुपमा विकास गर्ने, बालउद्यान, स्मार्ट युथ पार्क, फेमिली पार्क, योग पार्क तथा खेल मैदानहरु निर्माण गरिने, कौसी खेती र बगैँचा कार्यक्रमको अभियान सञ्चालन गर्ने, स्मार्ट पार्किङको व्यवस्था गर्ने र सामुदायिक स्वास्थ्य केन्द्रलाई प्रवर्द्धन गरी निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि सेवा उपलब्ध गराउने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ।

त्यस्तै दीर्घकालीन योजनामा स्मार्ट सिटीको विकास, सहर सफा राख्ने अभियान, अस्तव्यस्त यातायातलाई व्यवस्थित र आधुनिकीकरण गर्ने, अनिवार्य स्वास्थ्य बीमा, सामुदायिक आवास, स्वरोजगारका अवसर सिर्जना गर्ने र दैनिक साँस्कृतिक सामाजिक गतिविधिहरुलाई जीवन्त राख्ने गतिविधिहरु सञ्चालन गर्ने नीति अवलम्बन गरेकी छन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...