Sunday 26th October 2025

नागलैंडमा बाहृ देखि चौध वर्षसम्मका किशोर किशोरीहरूलाइ खोप लगाइने


डा. हरिमोहन पोखरेल, कोहिमा, नागलैंड / केंद्र सरकारद्वारा जारी गरेको दिशा निर्देश अनुसार नागालैंड राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभाग द्वारा जारी विज्ञप्ति अनुसार आगामी बुधबारबाट बाहृ वर्षदेखि चौद वर्षसम्मको नानीहरूलाई खोप लगाइने कुरा जनाएको छ ।

विभागले अगाडि जनायो कि प्रत्येक नानीहरूले कोरोना विरुद्धको यो खोप अनिवार्य रुपमा लगाएको हुनुपर्छ र जसमा अभिभावकहरूको आफ्नो नानीलाई लिएर खोप लगाउने केन्द्रमा गएर उचित सरसल्लाह समेत लिन सकिने छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि यस अभियानलाई साकार रुप दिन अभिभावकहरूको ठूलो भूमिका रहने र कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ । विज्ञप्तिले अझै अगाडि जनायो कि यस खोपको कुनै पनि पैसा लाग्ने छैन ।

हेर्दै जाऔ नानीहरूलाई दिइने यो खोपले अवश्य पनि साकार रूप पाउला ।त्यो त आउने भविष्य नै बताउला ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...