Thursday 15th October 2026

नागलैंडमा बाहृ देखि चौध वर्षसम्मका किशोर किशोरीहरूलाइ खोप लगाइने


डा. हरिमोहन पोखरेल, कोहिमा, नागलैंड / केंद्र सरकारद्वारा जारी गरेको दिशा निर्देश अनुसार नागालैंड राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभाग द्वारा जारी विज्ञप्ति अनुसार आगामी बुधबारबाट बाहृ वर्षदेखि चौद वर्षसम्मको नानीहरूलाई खोप लगाइने कुरा जनाएको छ ।

विभागले अगाडि जनायो कि प्रत्येक नानीहरूले कोरोना विरुद्धको यो खोप अनिवार्य रुपमा लगाएको हुनुपर्छ र जसमा अभिभावकहरूको आफ्नो नानीलाई लिएर खोप लगाउने केन्द्रमा गएर उचित सरसल्लाह समेत लिन सकिने छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि यस अभियानलाई साकार रुप दिन अभिभावकहरूको ठूलो भूमिका रहने र कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ । विज्ञप्तिले अझै अगाडि जनायो कि यस खोपको कुनै पनि पैसा लाग्ने छैन ।

हेर्दै जाऔ नानीहरूलाई दिइने यो खोपले अवश्य पनि साकार रूप पाउला ।त्यो त आउने भविष्य नै बताउला ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...