Friday 19th June 2026

सर्वोच्चमा गोरु ब्याएन मात्रै ५ वटा बाच्छा पायो – केपी ओली


शुक्रबारदेखि सुरु प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै उनले यसपाली पनि त्यस्तै भएको सुनाए ।
पोखरा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै आलोचना गरेका छन् । उनले आफूलाई प्रधानमन्त्रीबाट हटाएर गठबन्धनको सरकार गठनका लागि परमादेश दिएको सन्दर्भमा यस्तो बताएका हुन् ।

‘केपी ओलीको सरकार ढाल्नु नै थियो, संविधानले त्यो दिँदैनथ्यो, त्यसकारणले संविधान बाहिर गईगईकन पनि एउटा जननिर्वाचित सरकार ढालेका छौं भनेर अमेरिकाबाट एकजना न्यायाधीशको इमेल आउँछ,’ उनले भने ।

शुक्रबारदेखि सुरु प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै उनले यसपाली पनि त्यस्तै भएको सुनाए ।

‘गोरु ब्याएन मात्रै ५ वटा बाच्छा पायो,’ उनले भने । ओलीले आफ्नो सरकार ढालेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछुताइरहेको पनि सुनाए । ‘सरकार ढलाएर गए, अहिले भित्रबाट प्रसाद आउँछ भनेर ढोकाबाहिर पर्खिएर बसेका छन्,’ उनले भने । उनीहरुको बुद्धि बिग्रिएर त्यस्तो भएको ओलीको टिप्पणी थियो ।

पत्रकारहरुलाई उनले परमादेश सरकारबारे भ्रममुक्त हुन आग्रह गरे । ‘पहिला तपाईंहरु भ्रममुक्त हुनुभयो भने अरुलाई भ्रममुक्त पार्न सक्नुहुन्छ,’उनले भने । कतिपय बुद्धिजीवीले एमालेको समर्थनमा लेख्दा त्यो एकपक्षीय भनिने गरेको र परमादेशीको पक्षमा लेख्दा राम्रो मान्ने गरिएको उनले बताए । त्यसलाई उनले बौद्धिक दिवालियापनको संज्ञा दिए ।

अहिले राष्ट्र निर्माणको राजनीति एउटा छ, अर्को देश बिगार्ने राजनीति चलिरहेको उनको भनाइ थियो । देशको राजनीति बिग्रन नदिन बलिदान नदिइकन संघर्ष र दबाबबाट निर्वाचनका माध्यमबाट ठेगाना लगाउनुपर्नै खाँचो ओलीले औंल्याए । ‘जनतालाई गलत कुरा ल्याउने काम भइरहेका छन्, ती गलतको खण्डन गर्ने काम तपाईंहरुको,’उनले पत्रकारहरुलाई भने, ‘सत्यको संवाहक बन्नुहोस् ।’

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...