Tuesday 21st October 2025

कांग्रेसको बुढो रूख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय गर्‍यो- केपी ओली


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्तारूढ नेपाली कांग्रेसप्रति आक्रामक देखिएका छन्। मोरङको रंगेलीका नगर प्रमुख र उपप्रमुखलाई एमाले प्रवेश गराउन बुधबार आएका ओलीले कांग्रेस अब नबौरिने घोषणा गरेका छन्।उनले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङग्य गर्दै बुढो रुख जोगाउनै निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाएको जिकिर गरे। उनले चुनाव चिन्ह हरियो राख्न नहुने बिषयमा जोड दिए। उनले भने, ‘अब कांग्रेसमा लागेर केही हुनेवाला छैन। चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरँदैन।’

पछिल्लो समय निर्वाचन आयोगले मतपत्रको रंग बदलेर हरियो बनाउने निर्णय गरेकोमा आपत्ति जनाएका ओलीले रंगेलीमा पनि त्यसविरुद्ध आक्रोश पोख्दै कांग्रेस र निर्वाचन आयोगको आलोचना गरे।‘कांग्रेसको सुकेको बुढो रूख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय गर्‍यो। चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरिँदैन,’ ओलीले भने, ‘कांग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन। अब कांग्रेसको दाँत मात्रै झरेको होइन उसको रूखै सुकिसकेको छ।’

देश निर्माणको रणनिति र भाबी कार्ययोजना बेगरै कांग्रेसले सरकार सञ्चालन गरिरहेको तर्क गर्दै उनले एमाले नेतृत्वको सरकार हुँदा मुलुकमा असाधारण ढङ्गले काम भएको दाबी गरे। उनले भने, ‘कांग्रेससँग भिजन छैन। यस्तो ढुलमुले नितिले देश चल्दैन् । खोई त दुरदर्शीता?’

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति…

तितोपाटी-जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा स्थित माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल…

लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको…

प्रतिकृयाहरू
...