Sunday 16th August 2026

कांग्रेसको बुढो रूख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय गर्‍यो- केपी ओली


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्तारूढ नेपाली कांग्रेसप्रति आक्रामक देखिएका छन्। मोरङको रंगेलीका नगर प्रमुख र उपप्रमुखलाई एमाले प्रवेश गराउन बुधबार आएका ओलीले कांग्रेस अब नबौरिने घोषणा गरेका छन्।उनले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङग्य गर्दै बुढो रुख जोगाउनै निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाएको जिकिर गरे। उनले चुनाव चिन्ह हरियो राख्न नहुने बिषयमा जोड दिए। उनले भने, ‘अब कांग्रेसमा लागेर केही हुनेवाला छैन। चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरँदैन।’

पछिल्लो समय निर्वाचन आयोगले मतपत्रको रंग बदलेर हरियो बनाउने निर्णय गरेकोमा आपत्ति जनाएका ओलीले रंगेलीमा पनि त्यसविरुद्ध आक्रोश पोख्दै कांग्रेस र निर्वाचन आयोगको आलोचना गरे।‘कांग्रेसको सुकेको बुढो रूख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय गर्‍यो। चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरिँदैन,’ ओलीले भने, ‘कांग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन। अब कांग्रेसको दाँत मात्रै झरेको होइन उसको रूखै सुकिसकेको छ।’

देश निर्माणको रणनिति र भाबी कार्ययोजना बेगरै कांग्रेसले सरकार सञ्चालन गरिरहेको तर्क गर्दै उनले एमाले नेतृत्वको सरकार हुँदा मुलुकमा असाधारण ढङ्गले काम भएको दाबी गरे। उनले भने, ‘कांग्रेससँग भिजन छैन। यस्तो ढुलमुले नितिले देश चल्दैन् । खोई त दुरदर्शीता?’

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

शनिबार इजरायलले दक्षिण लेबनानमा हिज्बुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा…

अमेरिकाले नेपालको केही पुरातात्त्विक तथा सांस्कृतिक (एथ्नोलोजिकल) सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय…

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

प्रतिकृयाहरू
...