Thursday 18th September 2025

सार्वजनिक मञ्चमै देउवा र पौडेलबीच ‘झम्टाझम्टी’


तितोपाटी- प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झम्टाझम्टी भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झम्टाझम्टी भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउने विषयमा सभापति देउवाले अग्रसरता नलिएको भन्दै आपत्ति जनाएपछि दुई नेताबीच भनाभन भएको हो ।

पौडेलले ओलीसँग मिलेको आरोप लगाएपछि देउवा उनीविरुद्ध आक्रोशित देखिएका हुन् । पौडेलले देउवाका अगाडि उभिएर रिसले हात हल्लाउँदै आक्रोश पोखेका हुन् । पौडेल आक्रोशित भएपछि देउवासँग भनाभन भएको हो ।

पार्टीका शीर्ष नेताले मञ्चमा वादविवाद गर्दा कार्यक्रममा सहभागी हाँसेका थिए । प्रमुख अतिथीका रुपमा कार्यक्रममा पुगेका नेताबीच वादविवाद हुँदा कार्यक्रम उद्घोषकले भने यो नेताबीचको छलफलमात्र भएको भन्दै सहजीकरण गरिरहेका थिए ।अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...