Monday 13th July 2026

सार्वजनिक मञ्चमै देउवा र पौडेलबीच ‘झम्टाझम्टी’


तितोपाटी- प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झम्टाझम्टी भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झम्टाझम्टी भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउने विषयमा सभापति देउवाले अग्रसरता नलिएको भन्दै आपत्ति जनाएपछि दुई नेताबीच भनाभन भएको हो ।

पौडेलले ओलीसँग मिलेको आरोप लगाएपछि देउवा उनीविरुद्ध आक्रोशित देखिएका हुन् । पौडेलले देउवाका अगाडि उभिएर रिसले हात हल्लाउँदै आक्रोश पोखेका हुन् । पौडेल आक्रोशित भएपछि देउवासँग भनाभन भएको हो ।

पार्टीका शीर्ष नेताले मञ्चमा वादविवाद गर्दा कार्यक्रममा सहभागी हाँसेका थिए । प्रमुख अतिथीका रुपमा कार्यक्रममा पुगेका नेताबीच वादविवाद हुँदा कार्यक्रम उद्घोषकले भने यो नेताबीचको छलफलमात्र भएको भन्दै सहजीकरण गरिरहेका थिए ।अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

गाजामा आइतबार भएका विभिन्न आक्रमणहरूमा कम्तीमा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा ९ वर्षीया बालिका ताला अबु मातार पनि…

थाइल्याण्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको रोङ बियर ना लाट फ्राओ बार तथा रेष्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागीमा कम्तीमा…

काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको घटनाले देशलाई स्तब्ध बनायो। घटनापछि सरकार,…

प्रतिकृयाहरू
...