Monday 29th April 2024

यो लडाई लोकतन्त्र भर्सेस निरंकुशतन्त्रको हो: माधव नेपाल


तितोपाटी- नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल निकाल्न खोज्नु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय ककर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीलाई सुधार्न अनेकौ प्रयास गर्दा पनि सफल हुन नसकेपछि यस्तो निश्कर्ष निकालेको बताए ।

उनले केपी शर्माओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्न लागि परेको भन्दै ओलीको अहंकारी प्रवृत्तिकै कारण वर्तमान अवस्था आएको बताए । हिटलरले पनि लोकतन्त्रको भर्याङ चढेर अधिनायकवाद लादेको भन्दै त्यस्तो प्रवृत्ति नेपालमा रहनु नहुने बताए । ‘ओलीको दम्भीपन र अपमान गर्ने प्रवृत्ति बढ्दै गएपछि कम्युनिस्ट संस्कार पनि देखिएन’ अध्यक्ष नेपालको भनाई छ ।

उनले सिंगो समाज ओलीप्रति आलोचक भएर सुझाव दिँदा पनि ओली समझदारीमा नआएको बताए । ‘ओली प्रवृत्ति आफ्नो पार्टीमा नझाँगियोस्, पार्टी राम्रोसँग अघि बढोस् भन्ने चिन्ता सवैमा छ । किन भने ठुलो त्याग तपस्याबाट मात्रै लोकतन्त्र आएको हो’ उनले केपी ओलीको भ्रममा परेकाहरुलाई आफ्नो नेतृत्वको नेकपामा आउन आग्रह गरे । ‘भ्रममा परेका साथिहरु आउनुस्, अझै समय छ, जिम्मेवारी लिनुस् । समय छँदै सहि निर्णय गर्नुभयो भने स्वागत गर्छौै’, अध्यक्ष नेपालको भनाई छ ।

उनले अहिले ओली प्रवृत्तिविरुद्धको लडाई पार्टीभित्रको समस्यामा मात्र सिमित नभई सिंगो राष्ट्रको समस्या रुपमा रहेको बताए । कार्यक्रममा पेसागत महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले संयुक्त प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपालले सूर्य चिन्ह र नेकपा नामको पार्टी प्रयोग गर्न पाउने अधिकार ओलीमा नभएको भन्दै पूर्व एमाले पनि व्युँतिन नसक्ने बताए । अध्यक्ष् नेपालले सर्वोच्चले प्रस्ट व्याख्या आएको भन्दै यसले नेपाली जनताको जित भएको बताए । ‘सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जित भयो’ अध्यक्ष नेपालको भनाई छ ।

उनले ओलीले फेरि सरकार बनाउन नदिने योजनामा लागेको तथा संकटकाल लगाउने हल्ला फैलाएको भन्दै मुख्य सचेतक देव गुरुङलाई हटाएको समेत सुनिएको बताए । तर ओलीलाई त्यो अधिकार नै नभएकाले ओलीले हटाउँदैमा गुरुङ मुख्य सचेतकबाट नहट्ने दावी गरे ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...