Tuesday 16th September 2025

सेवाग्राहिका समस्या सम्बोधन गर्न गम्भिर छौँ, राजदुताबास टोकियो


तितोपाटी- नेपाली राजदुताबास टोकीयो जापानले सेवाग्राहीका गुनासा सम्बोधन गर्न गम्भीर भएको बताएको छ ।

गत शुक्रवार सम्पन्न पत्रकारहरुसंगतो अन्तरक्रिया कार्यक्रममा सेवाग्राहिका समस्या सम्बोधन गर्नका लागि आवश्यक पहल गरिएको राजदुताबासले जानाएको हो ।अन्तरक्रियामा, नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख अम्बिका जोशिले राजदुतावासले प्रदान गर्ने सेवामा सेवाग्राहिले महशुस गर्ने गरी सुधार गरिएको बताउनुभयो। पत्रकारहरुको जिज्ञासाको जावाफ दिदै जोशिले सेवाग्राहिका जिज्ञासा र गुनासा टेलिफोन, इमेलका साथै फेसबुकको म्यासेन्जरबाट समेत सम्बोधन गर्ने गरिएको बताउनुभयो ।जोशिले भन्नुभयो-‘विगतमा रहेको फोन नउठ्ने तथा समयमा जवाफ प्राप्त गर्न नसक्ने जस्ता जनगुनासोहरु अहिले निकै नै घटेको छ।कार्यलय समय मात्रै नभई अन्य समयमा समेत जवाफ दिईरहेका छौँ’

द्वितिय सचिव जित बहादुर कार्किले एवं तृतिय सचिव प्रेम बरालले कोभिडको समयमा दुतावासले प्रदान गरेका सेवाका साथै जनस्तरमा देखिएका गुनासा सम्बोधन गर्नका लागि गरिरहकेको पहलका बारेमा जानकारी गराउनुभएको थियो ।

जापानका क्रियाशिल पत्रकारको सहभागितमा सम्पन्न छलफलमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घललेका साथै उपस्थित संचारकर्मीहरुद्वारा जापानका पत्रकारीताको अवस्थाका साथै राजदुतावासले प्रदान गर्ने सेवा सुविधाका बारेमा जनस्तरमा रहेका गुनासाका बारेमा जानकारी गराईएको थियो ।-नेपालन्युजपोस्टबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

नयाँ दिल्ली: भारतीय सुरक्षा बलले सोमबार भएको गोली हानाहानमा एक शीर्ष माओवादी कमाण्डर र दुई अन्य विद्रोहीलाई मारेको अधिकारीहरूले बताएका…

काठमाडौं: एक पूर्व डीजे र उनको अज्ञात नेपाली गैर-नाफामुखी संस्थाले भिडियो गेमरहरूमाझ लोकप्रिय सामाजिक सञ्जाल एप प्रयोग गरेर विशाल विरोध…

प्रतिकृयाहरू
...