Monday 25th May 2026

सेवाग्राहिका समस्या सम्बोधन गर्न गम्भिर छौँ, राजदुताबास टोकियो


तितोपाटी- नेपाली राजदुताबास टोकीयो जापानले सेवाग्राहीका गुनासा सम्बोधन गर्न गम्भीर भएको बताएको छ ।

गत शुक्रवार सम्पन्न पत्रकारहरुसंगतो अन्तरक्रिया कार्यक्रममा सेवाग्राहिका समस्या सम्बोधन गर्नका लागि आवश्यक पहल गरिएको राजदुताबासले जानाएको हो ।अन्तरक्रियामा, नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख अम्बिका जोशिले राजदुतावासले प्रदान गर्ने सेवामा सेवाग्राहिले महशुस गर्ने गरी सुधार गरिएको बताउनुभयो। पत्रकारहरुको जिज्ञासाको जावाफ दिदै जोशिले सेवाग्राहिका जिज्ञासा र गुनासा टेलिफोन, इमेलका साथै फेसबुकको म्यासेन्जरबाट समेत सम्बोधन गर्ने गरिएको बताउनुभयो ।जोशिले भन्नुभयो-‘विगतमा रहेको फोन नउठ्ने तथा समयमा जवाफ प्राप्त गर्न नसक्ने जस्ता जनगुनासोहरु अहिले निकै नै घटेको छ।कार्यलय समय मात्रै नभई अन्य समयमा समेत जवाफ दिईरहेका छौँ’

द्वितिय सचिव जित बहादुर कार्किले एवं तृतिय सचिव प्रेम बरालले कोभिडको समयमा दुतावासले प्रदान गरेका सेवाका साथै जनस्तरमा देखिएका गुनासा सम्बोधन गर्नका लागि गरिरहकेको पहलका बारेमा जानकारी गराउनुभएको थियो ।

जापानका क्रियाशिल पत्रकारको सहभागितमा सम्पन्न छलफलमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घललेका साथै उपस्थित संचारकर्मीहरुद्वारा जापानका पत्रकारीताको अवस्थाका साथै राजदुतावासले प्रदान गर्ने सेवा सुविधाका बारेमा जनस्तरमा रहेका गुनासाका बारेमा जानकारी गराईएको थियो ।-नेपालन्युजपोस्टबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

प्रतिकृयाहरू
...