Sunday 11th October 2026

कोभिड–१९ का कारण विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिने


तितोपाटी- सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन्। पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ।

उनले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गर्न थालिएको बताए। विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको/अध्ययन गरी फर्किएको) उल्लेख गर्न भनिएको छ। कोभिड–१९ का कारणले सयौँ रोजगारी गुमाएका मानिस स्वदेश फर्किएका छन्। साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...