Monday 8th June 2026

मनको अध्यक्ष बन्नु ठूलो कुरा होः करिश्मा


नायिका करिश्मा मानन्धरले चलचित्र क्षेत्रमा लामो समय बिताएकी छिन् । कुनै समय चलचित्र क्षेत्रमा एक छत्र राज गरेकी करिश्मा अहिले चलचित्र निर्माणमा पनि सक्रिय छिन् । करिश्माले चलचित्रमा पनि फाट्टफुट्ट काम गरिरहेकी छिन् ।

चलचित्र क्षेत्रमा लामो समय अनुभव बटुलेकी करिश्मा अब विभिन्न संस्थाको नेतृत्वमा जानुपर्छ भन्ने टिप्पणी पनि नभएको होइन । करिश्माले राजनीतिक यात्रा पनि सुरु गरेकी थिइन् । तर, राजनीतिबाट सन्तुष्ट नभएपछि करिश्माले आफ्नो रोकिएको पढाइलाई अगाडि बढाइन् ।

उनै करिश्मा हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’को दोश्रो सिजनको अध्यक्ष बनेकी छिन् ।

कमेडी क्लबको अध्यक्ष बनेपछि खुशी देखिएकी करिश्माले भनिन्–‘म मनको अध्यक्ष भएको छु । मुन्द्रेको अनी सबै दर्शकको मनको अध्यक्ष भएको छु, यो ठूलो कुरा हो ।’

कार्यक्रम संचालक जितु नेपालले कोही चलचित्र विकास बोर्डको अध्यक्ष, कोही राष्ट्रिय सभाको अध्यक्ष, कोही प्रतिनिधी सभामा पुग्दा मुन्द्रेको कमेडी क्लबको अध्यक्ष बन्नुपर्यो भनेर मन दुखेको त छैन भनेर प्रश्न सोधेका थिए । करिश्माले आफू मनको अध्यक्ष बनेको भन्दै भनिन्–‘मानिसको जीवनमा उतारचढाव भैराख्नुपर्छ । उतारचढाव भएन भने जीवन निरश हुन्छ । नयाँ नयाँ कुराहरु हामीले प्रयास गर्नुपर्छ । म यसमा सफल हुन्छु भन्ने मैले आशा राखेको छु ।’

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...