Friday 9th October 2026

इंगल्याण्डलार्इ पाखा लगाउँदै क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा


तितोपाटी – रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएकाे भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेकाे छ । पहिलाेपटक विश्वकपकाे फाइनलमा पुगेर इतिहास बनाएकाे उसले बुधबार राति भएकाे सेमिफाइनल खेलमा विश्वकपकाे पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेकाे हाे ।

यसअघि सन् १९९८ मा भएकाे विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेको थियो क्रोएसिया । फाइनलमा भने पहिलोपटक पुगेर उसले एेतिहासिक जित तय गरेकाे हाे ।

खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल क्रोएसियाका लागि निर्णायक बन्यो । निर्धारित समयमा खेल बराबरी टुंगिएपछि अतिरिक्त समय थपिएकाे थियाे । ९० मिनेटकाे समयसम्म दुवै टिम एक-एक गोलको बराबरीमा राेकिएका थिए । त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो तर थपिएकाे समयमा इंग्ल्यान्डले कुनै गाेल हान्न सकेन ।

सुरूअातमा पाँचौ मिनेटमै क्रोएसियाले गाेल खानुपरेकाे थियाे । इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएकाे ५ मिनेटमै फ्रिकिकमार्फत सुन्दर गोल प्रहार गर्दै टाेलीलार्इ अग्रता दिलाएका थिए । क्राेएसियाका लागि भने इभान पेरिसिकले ६८ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरे । खेलको म्यान अफ द म्याच पेरिसिक घाेषित भए ।

पहिलोपटक फाइनल यात्रा तय गरेकाे क्रोएसिया अब आईतबार हुने फाइनल खेलमा कपकाे उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग भिड्नेछ । फ्रान्स १९९८ काे विश्वविजेता टाेली हाे ।

राेचक त के छ भने पहिलोपटक सन १९९८ को फ्रान्समा भएकाे विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो सहभागितामा नै तेस्रो स्थान हासिल गरी तहल्का मच्चाएको थियो । र त्यस कपकाे उपाधि फ्रान्सले जितेकाे थियाे । यसपटक पनि यी दुवै टाेली उपाधिका लागि राेचक भिडन्तमा उत्रँदै छन् ।

क्रोएशियाका प्रशंसकहरूले आफ्नो देश विश्वकपको फाइनलमा प्रवेश गरेसँगै ठूला सहरहरूका गल्ली र चोकहरूमा झण्डा फहराएर खुशीयाली मनाएका छन्। इङ्ग्ल्यान्डले अब तेस्रो वा चौथो स्थानका लागि शनिवार बेल्जियमसँग खेल्नेछ। इङ्ग्ल्यान्ड यो समेत गरी सेमिफाइनलमा पुगेर चौथोपटक हारेको हो।

पाँचौपटकसम्म विश्वकप खेलेको क्रोएशियाले भने पहिलोपटक आफूलाई विश्वकपको अन्तिम दुईमा पुर्याएको हो। २० वर्षपछि सन् १९९८ मा बेहोरेको हारको फ्रान्ससँग बदला लिने अवसर क्रोएशियाले पाएको छ।

Match Recap:

https://youtu.be/85nXM-XwRBE


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...