Wednesday 31st December 2025

२८ र ३१ तारिक कुवेतबाट जानेहरुले पिसिआर गर्नु नपर्ने,होटल क्वारेन्टाइन अनिबार्य-दूताबास


हरि कृष्ण न्यौपाने -कुवेतमा समस्यामा परेका श्रमिकहरुलाई फर्काउनको लागि नेपाल एयरलाइन्सले आगामी अगष्ट २८ र ३१ तारिक गर्ने दुई वटा चार्टर उडानहरुमा जाने यात्रीहरुले कोरोना परिक्षण (पिसिआर)गर्नु नपर्ने र उनिहरुले अनिबार्य होटल क्वारेन्टाइन बस्नु पर्ने नेपाली राजदूताबास कुवेतले जनाएको छ।
नेपाली राजदूताबासका अनुसार सेप्टेम्बर पछी गरिने उडानहरुमा अन्य देशहरुबाट जस्तै यहाँको सम्बन्धित निकायहरु संग समन्वय गरि पिसिआर अनिवार्य गर्न सकिने र उनिहरु सिधा होम क्वारेन्टाइन जान सक्ने सम्भाबना भए पनि अहिले अगष्ट २८ र ३१ का दुई उडानमा भने यो सम्भावना छैन।एक त समय पर्याप्त छैन भने अर्को कुरा एउटै उडानमा कसैले पिसिआर गर्ने र कसैले नगर्ने गर्दा त्यो पनि त्यति सुरक्षित नहुन सक्छ।त्यसैले नेपाल एयरलाइन्स संग टिकट लिदानै यात्रीहरुले सरकारले तोकेको मध्येबाट सात दिनको होटल क्वारेन्टाइन अनिबार्य गरिएको छ।
यसरी जाने यात्रीहरुले नेपालमा अनिबार्य पिसिआर गर्नु पर्ने भएकोले दोहोरो खर्च हुन्छ।साथै केही प्राबिधिक कारणबस उडान रद्द भएमा ७२ घन्टाको समयबधीका कारण उक्त पिसिआर रिपोर्टले काम नगर्ने हुदा आगामी दुई उडानमा फर्किने सबै यात्रीहरुलाई पिसिआर परिक्षण नगर्न नेपाली राजदूताबासले सबैलाई आग्रह गरेको हो।साथै आगामी उडानहरुको बारे कुनै प्रकृयाहरुमा परिबर्तन आएमा दुताबासले सुचना मार्फत जानकारी गराउने बताएको छ।
टिकटका लागि अस्मिता सुबेदि मोबाइल नं-९८४९३२१३८५(भाइबर/ह्वाट्सप समेत) वा नेपाल एयर्लाइन्सको अफिसमा आफ्नो परिवारको सदस्य पठाएर वा न्यूरोड काठमान्डौं फोन नं-०१-४२४८६२५ मा सम्पर्क गर्न सक्नु हुनेछ।थप जानकारीका लागि नेपाली राजदूतावास कुवेतको हटलाइन नं-९८८६९१२१ सम्पर्क गर्न सक्नु हुनेछ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...