Sunday 28th April 2024

रूस पेनाल्टीमा चुक्दा क्रोएशिया सेमीफाइनलमा पुग्यो


तितोपाटी – रूसमा जारी विश्वकप फुटबलमा अायाेजक राष्ट्र रूस घरेलु मैदानमै प्रतियाेगिताबाट बाहिरिएकाे छ । क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे । पेनाल्टी सुटअाउटमा चुक्दा रूस क्राेएसियाद्वारा ४-३ गाेल अन्तरले पराजित भयाे ।

क्राेएसिया भने जितसँगै इतिहास बनाएर २० वर्ष पछि पहिलाेपटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि सन् १९९८ मा तेश्रो स्थान ओगट्न सफल क्रोएसिया त्यसयता सेमिफाइनल पुुग्न सकेको थिएन ।

खेलकाे निर्धारित समय ९० मिनेटमा एक-एक गोलको बराबरीमा राेकिएपछि अतिरिक्त ३० मिनेटको समय थपिएकाे थियाे । यस अवधिमा पनि दुवै टाेलीले एक-एक गाेल गर्दै २-२ को बराबरी खेले । त्यसपछि भने खेलकाे निर्णायक पेनाल्टी सुटआउट चरणमा रूस एक गाेलले पछि पर्याे । पेनाल्टीमा क्रोएसियाका लुका मोड्रिक, मार्सेलो ब्रोजोभिक, इभान राकिटिकि र डोमागोज भिडाले गोल गरे । क्रोएसियाका माटेओ कोभाकिकको प्रहार भने गोलमा परिणत हुन सकेन।

यता, आयोजक राष्ट्र रुसले पेनाल्टीमा हजारौँ घरेलु दर्शकका सामु पनि राम्राे प्रदर्शन गर्न सकेन । रुसका लागि सर्जेइ इग्नासेभिक, एलन जागोएभ र डेलर कुजियभले पेनाल्टी प्रहारबाट गोल गरे तर दुर्इ अवसर भने खेर गयाे । मारियो फर्नान्डेज र फेडर स्मोलोभले गरेकाे प्रहार गोल खेर गएकाे हाे ।

रुस लामाे समयदेखि विश्वकपकाे सेमीफाइनल पुग्न सकेकाे छैन । सन् १९६६ मा सेमिफाइनल खेलेकाे रूस ५२ वर्षपछि सेमिफाइनल पुुग्ने सपनाका साथ घरेलु मैदानमा उत्रिएकाे थियाे । तर उसकाे सपना घरेलु मैदानमै चकनाचुर भयो ।

क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा पनि बलियो टाेली स्पेनलाई रुसले टाइब्रेकरमै हराएकाे थियाे भने डेनमार्क पनि टाइब्रेकरमै क्रोयसियासँग पराजित भएकाे थियाे ।

सेमिफाइनल राेचक

शनिबार राति भएकाे क्वाटरफाइनलकाे अन्तिम खेलसँगै अब विश्वकप यात्रा सेमिफाइनलमा प्रवेश गरेकाे छ । सेमिफाइनलमा अब क्रोएसियाले इङ्ल्याण्डको सामना गर्नेछ । शनिबारकै खेलमा स्वीडेनलार्इ २-० गाेलले पराजित गर्दै यंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।

उता, उरुग्वेलाई हराउँदै फ्रान्स र ब्राजिललाई हराउँदै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरे, अब फ्रान्सले बेल्जियमसँग सेमिफाइनल खेल्नेछन् । जारी विश्वकपकाे सेमिफाइनल यात्रा झनै राेचक हुनेछ ।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...