Tuesday 30th December 2025

नेपालमा आज २४ जनामा कोरोना संक्रमणको पुष्टि


तीतोपाटी- नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९ जना पुरुष, ४, १० वर्षका बालिका र २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा २२ देखि ४२ वर्ष उमेर समूहका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सामा ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...