Tuesday 6th October 2026

नेपालमा आज २४ जनामा कोरोना संक्रमणको पुष्टि


तीतोपाटी- नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९ जना पुरुष, ४, १० वर्षका बालिका र २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा २२ देखि ४२ वर्ष उमेर समूहका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सामा ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...