Sunday 27th July 2025

मेक्सिकोलार्इ २-० ले हराउँदै ब्राजिल क्वारटरफाइनलमा प्रवेश


तितोपाटी – मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । यो सँगै ब्राजिल विश्वकपमा लगातार सातौँ पटक क्वार्टर फाइलनमा पुगेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत प्रिक्वार्टर फाइनल खेल अन्तरगत पहिलो हाफमा गोलरहित बराबरी खेलेको अवस्थामा दोस्रो हाफको सुरुमा नेमारले गोल गर्दै मेक्सिकोविरद्ध अग्रता दिलाएका थिए ।

खेलको ५१ औँ मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले टच गरेर जालीको दिशा दिएपछि ब्राजिलले अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिम दोस्रो हाफमा आक्रमक भएको अवस्थामा ब्राजिलले अग्रता लिएको थियो ।

त्यसपछि मैदानमा प्रवेश गरेको केही मिनेटमै ब्राजिलका लागि रोबर्टो फर्मिन्हो स्कोर गर्न सफल भएका थिए । फर्मिन्होले नेमारको पासमा खेलको ८८ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए ।

ब्राजिललाई यो पटकको विश्वकपको दाबेदारका रुपमा हेरिएको छ । ब्राजिललाई मेक्सिकोले सुरुमा दबाबमा राखेको थियो । उसले केही राम्रा मुभ निकालेर ब्राजिलविरुद्ध आफू कम्जोर नभएको संकेत दिएको थियो ।

अर्कातिर ब्राजिलले पनि मेक्सिकोको डी बक्समा केही राम्रा मुभ निकाले पनि स्कोर गर्न सकेको थिएन । एकै महादेशका यी बलिया टोलीबीचको भिडन्तमा पहिलो हाफमा बल पोजेसन भने मेक्सिकोले आफ्नो पक्षमा राखेको थियो ।

मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरेका थिए । तर, ब्राजिलले पनि मेक्सिकोको डी बस्कमा केही राम्रा दबाब दिन सकेको थियो । मेक्सिकोले ५१ प्रतिशत बल पोजेसन बनायो भने ब्राजिल केही दबाबमा पर्दै ४९ प्रतिशत पोजेसन बनाउन सकेको थियो ।

खेलको पुरै समयमा मेक्सिकोले बल पोजेसन राम्रो राखेको थियो । उसले ५४ प्रतिशत बल पोजेसन राख्दा ब्राजिलले ४६ प्रतिशत मात्रै राखेको थियो ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...