Friday 16th January 2026

चौथो संक्रमित महिला कोरोनालाई जितेर घर फर्किइन


तितोपाटी- सुदूरपश्चिममा चौंथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० वर्षीय पाना बिक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी उनलाई २२ चैतमा कोरोना पुष्टि भएको थियो। १७ चैतमा ३५ जनासहित वीरगञ्जदेखि बसबाट कैलालीको लम्कीस्थित् घर आइपुगेकी ती महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि १ वैशाखमा सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही, लम्कीका २१ वर्षीय राज बिक र कञ्चनपुर बेदकोटका ४१ वर्षीय इन्द्र बिक यसअघि नै घर फर्किसकेका छन्। साभार नेपालपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...