Friday 16th January 2026

नेपाल आएका ३५ जना विदेशीलाई विमानस्थलबाटै फिर्ता


तितोपाटी- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३५ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउँदै विमानस्थलबाटै फिर्ता पठाएको छ ।

स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३५ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३५ जनालाई फिर्ता पठाइएको विभागले जनाएको छ ।
फिर्ता पठाइनेमा सबैभन्दाबढी फ्रान्सका ६ जना रहेका छन् भने चीन र बेलायतका ५-५ जना रहेका छन् । त्यसैगरी ४ जना जापानी नागरिकलाई पनि फिर्ता पठाइएको विभागले जनाएको छ। नेदरल्याण्ड, इटाली, इजरायल, अमेरिका, मेक्सिको लगायतका नागरिकलाई फिर्ता पठाइएको हो ।

फिर्ता भएकाहरु अधिकांश गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलका विदेशी नागरिक रहेको र उनीहरुले भिसा नेपालमै लगाउने भन्दै आएको बुझिएको छ ।पछिल्लो केही दिन यता कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया समेत यसअघि नै स्थगित गरिसकेको छ । हाल सम्बन्धित मुलुकका नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएका छन् ।

कुन देशका कति जना फिर्ता पठाइए ?

फ्रान्स: ६
चीन: ५
बेलायत: ५
जापान: ४
नेदरल्याण्डस्: ३
इटली: २
इजरायल: २
चेक रिपब्लिक: २
हङकङ: १
अमेरिका: १
मेक्सिको: १
अफगानिस्तान: १
अष्ट्रेलिया: १
मलेसिया: १


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...