Friday 16th January 2026

आज ११०औं अन्तर्राष्ट्रिय नारी दिवस, यस्तो छ इतिहास


तितोपाटी-आज ११०औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो ।
नारी दिवसका अवसरमा सरकारी स्तरबाटै कार्यक्रम गरिने गरिएको भएपछि यसवर्ष कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम स्थगित भएको छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव भइन् । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग गर्दै महिलाहरूले विशाल जुलुस निकालेका थिए ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरणमा हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गरेपछि सन् १९११ यो दिवस मनाउन थालिएको हो ।-शिलापत्र बाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...