Thursday 15th January 2026

ओली र प्रचण्डबीच छलफल


तितोपाटी-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भएको हो । दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको छ ।

गोकुल बास्कोटाको अडियो टेप प्रकरण, एमसीसी, संबिधान संशोधनजस्ता विषयले नेकपा भित्र विवाद बढ्दै गएको बेला दुवै अध्यक्षबीच छलफल भएको हो ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...