Tuesday 13th October 2026

वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइन लगियो


तितोपाटी-कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।

लाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएको छ। विमानस्थलमा परीक्षणका क्रममा कसैको स्वास्थ्यमा पनि समस्या देखिएको छैन । तर, क्वारेन्टाइनमा बसेका सबैको हरेक दिन दुई पटक ज्वरो नाप्नुका साथै स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टाइनमा ज्वरो नाप्न पनि हरेकका लागि अलग थर्मोमिटरको व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको र्‍याल) को नमुना झिकेर प्रयोगशालामा पठाउने छन् भने १४ औं दिनमा पनि पुनः र्‍यालको नमुना परीक्षण हुनेछ ।

क्वारेन्टाईनमा करिब ६० कोठामा एक जनादेखि तीन जनासम्म बस्नेगरी व्यवस्था मिलाइएको छ भने ६ जनाले एउटा शौचालय प्रयोग गर्नेछन् ।
क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, संक्रमण रोकथाम तथा नियन्त्रणको सबै व्यवस्थापन गरिएको छ।
विशेष स्वास्थ्य जाँचका लागि क्लिनिकको व्यवस्था गरिनेछ।-शिलापत्र


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...