Thursday 15th January 2026

सवारी दुर्घटनामा नायिका महिमा सिलवाल संगै बहिनीको मृत्यु


तितोपाटी- सवारी दुर्घटनामा परी नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । धादिङको गजुरीमा बुधबार बेलुका भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

बुधबार बेलुका करिब ६ बजेतिर सिलवाल चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँएको थियो । दुर्घटनामा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै स्कुटरको पछाडि बसेकी उनकी बहिनी सर्मिला सिलवालको पनि मृत्यु भएको छ । सर्मिलाको उपचारका लागि चितवन लैजाने क्रममा उनीहरु चढेको स्कुटरलाई बसले ठक्कर दिएको बताइएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट नायिकाका रुपमा प्रवेश गरेकी थिइन् । उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिगोलो’ लगायत चलचित्रमा अभिनय गरेकी छन् ।-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...