Thursday 15th January 2026

कुशलले बनाए विश्व किर्तिमान


तितोपाटी-युवा अलराउण्डर कुशल मल्लले एकदिवसीय (ओडीआई) क्रिकेटमा विश्व किर्तिमान बनाएका छन् ।

बायाँ हाते युवा अलराउन्डर मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्धशतकीय पारी खेल्दै सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् ।कुशलले अमेरिकासँगको खेलमा ४९ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाएका हुन् । उनी ५० रन बनाएरै आउट हुन पुगे । कुशल आज १५ वर्ष ३ सय ४० दिनका रहेका छन् । यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए ।

रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए । जुन ओडीआई क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए । उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए । यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...