Wednesday 14th October 2026

सभामुख सापकोटाविरूद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा


तितोपाटी- सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको ९ नम्बर इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो ।

आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो ।
हिजै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले केहीबेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले शीतलनिवासमा हुने ११ बजेको शपथलगत्तै सिंहदरबारमा पदभार सम्हाल्ने र सञ्चार माध्यमसँग संक्षिप्त प्रतिक्रिया दिने कार्यक्रम रहेको छ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...